विवाह जीवनको एक रिती हो जुन राम्रोसँग निभाएमा जीवनलाई खुशी बनाउँन सकिन्छ । समाजमा यस्तो अवभारण छ कि यदि एक महिला सबै चिजलाई राम्रो तरिकाले सम्हाल्न सक्छिन् भने तब समाजमा त्यो विवाह राम्रो देखिन्छ।
महिलाहरुलाई घरको हरेक जिम्मेवारी निभाउनुका साथै हरेक सम्बन्धलाई निभाउने भार पनि रहेको हुन्छ। अरु कुनै सम्बन्ध त बिग्रन पनि सक्छ तर यदि वैवाहिक सम्बन्ध बिग्रियो भने जीवनमा धेरै त्यस्ता समस्याहरुको सामना गनुपर्ने हुन्छ।
आज हामी त्यस्ता केही सुझावहरू बताउन लागेका छौं, जसलाई पढेर एक युवतीले आफ्नो विवाहित जीवनलाई अझ राम्रो बनाउन सक्छन्। एक सुखी विवाहित जीवन को जिम्मेवारी लिने काम एक युवतीमा मा मात्रै हुने गर्दछ । त्यसकारण, महिलाहरुले तल दिइएका नियमहरूको पालना गर्नुपर्दछ।
पैसा खर्च गर्नमा सावधानी
महिलालाई घरको अर्थमन्त्री पनि भन्ने गरिन्छ । त्यसकारण, महिलाहरूमा पैसा कसरी राख्ने कति खर्च गर्ने भन्ने जिम्मेवारी रहेको हुन्छ । जो महिलाले घरमा पैसाको सहि हिसाब किताब राख्ने गर्दछन् त्यस घरमा पैसाको अभाव कहिल्यै पनि हुने गदैन।
जो महिलाले पढ्ने लेख्ने गरेका हुँदैनन् उनीहरुले पनि घरपरिवार राम्रोसँग चलाउन सक्दछन् किनकी उनीहरुले घरको आर्थिक स्थितिको बारेमा राम्रोसँग बुझेका हुन्छन् । जसले गर्दा उनीहरुले घरको अवस्थालाई बुझ्न कम पैसा खर्च गर्दछन्।
यदि आजका शिक्षित युवतीहरुले पनि यसरी नै हालत बुझ्न सकी पैसा बेमतलबसँग खर्च नगरेमा घरमा पैसाको कमि कहिल्यै हुनेछैन ।
कहिल्यै पनि नकरात्मक कुरालाई धेरै नसोच्नुहोस्
यदि तपाईं आफ्नो सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ भने कहिल्यै नकारात्मक नसोच्नुहोस् र तपाईंको श्रीमानलाई पनि यस्तो सोच्न नदिनुहोस्। श्रीमानको अगाडि कसैको पनि नराम्रो कुरा नगर्नुहोस् ।
यदि तपाईले यसो गर्नुभयो भने होशियार हुनुहोस् किनकि पतिले महसुस गर्छ कि जब तपाईले कुनै तेस्रो व्यक्तिको साथ नराम्रो व्यवहार गर्नुहुन्छ भने तपाईको शरीर भित्र पनि नराम्रो कुरो हुन्छ भनेर। ।
यदि तपाईंमा केही कमी छ भने, यसलाई सुधार गर्नुहोस्, यदि तपाईंको श्रीमानमा कुनै कमी छ भने, कसैलाई नभन्नुहोस्, तर श्रीमानको त्यो बानीमा सुधार गर्नुहोस्। जब पतिले अरूको मुखबाट आफ्नी पत्नीको कुरा सुन्छन्, विशेष गरी नराम्रो, तब श्रीमतीको लागि नकारात्मक कुरा सधैं पतिको मनमा आउँदछ।
आफ्नालाई सँधै बढि प्राथमिकता दिने गर्नुहोस्
आजकल धेरै सम्बन्धहरु टुट्ने गरेका छन् । यसको सब भन्दा ठुलो कारण यो हो कि दम्पतीहरूले विवाहको सम्बन्धमा आफूलाई प्राथमिकता दिन्छन्, चाहे यो काम हो वा रोजाईको चीजहरू।
जब एक सम्बन्ध मा दुई व्यक्ति सधैं आफ्नै तरिका अनुसार आफैलाई चलाउन प्रयास गर्दछन् भने तब जस्तोसुकै गहिरो सम्बन्ध पनि बिग्रन सक्छन् ।
एक सुखी विवाहित जीवन को लागी एक नरम र अनुशासीत हुनु पदर्छ। यदि जोडीमा कुनै एकले आफ्नो मनपर्ने चिजलाई काम्प्रोमाईज गरेमा सम्बन्ध कहिल्यै पनि बिग्रने छैन ।
यो देखाइएको छ कि पत्नीहरू आफ्ना बच्चाको बारेमा धेरै भावनात्मक हुन्छन्। उनी बच्चाको लागि आफ्नो पतिलाई समेत बेवास्ता गर्छिन्। तपाईंले सँधै ध्यानमा राख्नु पर्छ कि तपाईंको पतिबाट त्यो बच्चा भएको हो ।
ती बच्चा केवल तपाईको मात्रै होइनन् त्यसैले पतिको पनि आफ्नो बच्चामाथि हक हुन्छ । त्यसैले आफ्नो लागी र आफ्नो बच्चाको लागी पतिलाई कहिल्यै पनि इग्नोर नगर्नुहोस् । अन्यथा सम्बन्ध एकदम चाँडो टुट्न सक्छ।
जहिले पनि माया यदि छ भने देखाउने गर्नुहोस्
जुन हिसाबले कुनै चिजलाई रिपियर गर्नुपर्ने हुन्छ त्यसरीनै वैवाहीक जिवनमा पनि यो ट्रिक सँधै लागु गर्नुपर्दछ । विवाहित जीवनमा, श्रीमतीले आफ्ना पतिलाई जहिले पनि माया गर्नु पर्छ र देआउनु पनि पर्दछ भन्ने सोच रहेको हुन्छ । प्रेम व्यक्त गर्नाले सम्बन्ध बलियो मात्र हुँदैन, यसले सम्बन्धमा रोमान्स पनि सिर्जना गर्दछ।
आफ्नो पतिसँग सँधै इमान्दर रहनुहोस्
हरेक पत्नी आफ्नो पतिकोसाथमा इमानदार हुनुपर्छ। चाहे यो सम्बन्धको होस् वा आर्थिक मामिलाको कुरामा होस् पतिसँग सबै कुरा इमान्दार सँग गर्नुपर्दछ।
जब कुनै पनि पत्नी आफ्नो पतिबाट चीजहरू लुकाउन थाल्दछन्, तब विवाहको सम्बन्ध यहाँबाट टुट्न सुरु हुन्छ। हरेक सम्बन्धमा ईमान्दारी महत्त्वपूर्ण हुन्छ, तर विवाहित जीवन मा एकअर्काप्रति साँचो र इमान्दार रहनु अत्यन्तै महत्वपूर्ण हुन्छ।