जतिबेला उस्ले मलाई आफ्नो bf ले धोका दियो भनेर आफ्नो मनको कुरा मसग share गरि नि;त्यतिबेला मैले महसुस गरे कि,उ मेरो best frn मात्र हो,मैले मात्र उसलाई lover को नजरले हेरेको रहेछु भनेर !!!
आफ्नै मन दुख्दा-दुख्दै पनि सम्झाउनु पर्ने मेरो बाध्याता थियो,अनि भने,"त्यो मान्छे तिमिलाइ गुमाएर दुखी भयो र ?
भएन नि हैन ?,के त्यो मान्छेले तिमिसग पच्छताप गर्यो र ?,गरेन नि हैन ? अनि तिमी मात्र उस्को अभाबमा किन तड्पिन्छौ भन त ?"
उसले आँसु बगाउदै भनी,"जे भए पनि मेरो पहिलो प्रेम उहीँ हो,तिम्ले भनेजस्तो सजिलो कहा हुन्छ र बिर्सन" अनि म मौन बसिरहे,समय बेग हानेर केही अघि बढ्यो,एकदिन उस्ले मलाइ भनी," मलाइ राकेशले purpose गरेको छ,के गरु ?" मन चसक्क भयो;किनकी उ नै मेरो पहिलो प्रेम थियो,मनमनै माया गरेको,जे-जे भएपनि भनिदिए,"तिम्लाइ जे ठिक लाग्छ,त्यै गर..." किनकिन म मौन बसेर नै पछुताउदै थिए,एकदिन online बसेको बेला उस्ले message गरि;यसो हेरे,लेखिएको थियो,"मलाई किन जस्ले पनि घात गर्छ भनन..."
म:- खै किन हो...के भयो र...
उ:- उस्ले पनि छाड्यो,यो केटाहरुले केटिहरुलाइ किन माया गर्छन् भन त,जस्ले पनि use गरेर मात्र छाड्छ,यो केटाहरुलाइ चै बिश्वास गरेर सबथोक दियो,बदलामा घात गर्छन्,नपाउन्जेल कस्तो-कस्तो-पाए पछि सस्तो भने जस्तो,यस्तै रहेछ अहिलेको आधुनिक माया...
त्यसपछि मलाइ के भनुभनु भयो,अनि like को stiker send गरे ! त्यसपछि उसैले message गरि,"मलाई तिम्ले माया गर्छौ भन्ने थाहा हुदा-हुँदै पनि मैले तिम्रो मन दुखाए,यहि नै मेरो ठुलो गल्ती थियो,म जहिले पनि अरुको पछि लागे,तर तिम्रो पछि कहिले पनि लागिन,तिम्लाइ धेरै hurt गरे है मैले ?"
म:- तर तिम्लाइ यी सब कुराहरु कस्ले भन्यो ???
उ:- मान्छे हु,महसुस गर्न सकिहाल्छु नि,तिल्मे मेरो feelings बुझ्न सक्छौ भने मैले तिम्रो feelings बुझ्न सक्दिन र ??? के अझै मलाई पहिले जति नै माया गर्छौ ???
मेरो मनमा कता-कता खुसी भएको जस्तो आभास भयो,अनि भने,"तिम्रो past जे सुकै होस,त्यो कुरामा मलाइ केही मतलब छैन,तर तिम्रो present र future म सग हुनु पर्छ,र तिमी नै मेरो पहिलो प्रेम होउ,त्यसैले पनि म अझै तिलाइ माया गर्छु"
यसरी हाम्रो माया सुरु हुनु पुग्यो,धेरै माया गर्थे म उस्लाइ।किनकी मैले मेरो पहिलो प्रेम पाएको थिए,खै उसले त के सोच्थिइन् थाहा भएन,तर म भने उसकै मायामा हराउन चाहन्थे,पागल भएर रातको बार्ह-एक बजे सम्म फोन गर्थे,एकदिन उस्ले भनी,"मलाइ अब एक्लै छोडिदेउ,म अब आफ्नो तरिकाले बाच्न चाहन्छु,please...forgive me..."
मेरो आखाबाट अनायासै आसु झर्न थाले,अनि भने,"सायद तिम्लाइ यस्तो सहने बानी पर्यो होला,तर मेरो तिमी पहिलो प्रेम हो नि,किन नबुझेको तिम्ले ???"
त्यसपछि उस्ले आखाभरी आसु बनाइ केही बोल्दै-नबोली टाढा भइ,मलाइ न भोक थियो न त निन्द्रा,थियो त केबल आखामा आसु अनि उ साथ नहुदाको पीडा।सोचे यो माया भन्ने यस्तै रहेछ,मैले त घात गरेको थिइन नि उस्लाइ,तर खै किन टाढा भइन त ?
एउटाले बुझे अर्कोले नबुझ्ने,यस्तो पनि माया हुन्छ र ? त्यो दिनको भोलिपल्टको दिन बेलुकी छतमा बसिरहेको थिए,उसको message आयो,लेखिएको थियो,"तिमी मलाई यति धेरै माया गर्छौ है,तर मेरो मन केही गरेपनी मान्दै-मानेन,किनकी मलाई धेरैले use गरिसकेको छ,त्यसैले पनि म तिम्रो अनि तिम्रो घरपरिवारको इज्जतमा खोट पुर्याउन सक्दिन,हो मलाइ यस्तो घात सहने बानी परिसक्यो,म त आफुलाइ जसरी भएपनी control गरुला,तिमी आफुलाइ control गर ल,आफुलाइ अलि strong बनाउने प्रयास गर,म तिमी भन्दा धेरै टाढा छु,अबदेखि मलाइ फोन नगर,जति जे-जे भएपनी मलाई माया गर्ने तिमी जत्तिको मान्छे यहाँ कोहि छैन र म सधैभरी तिमिलाइ नै माया गरिरहने छु...म धेरै टाढा छु,त्यसैले आफुलाइ निरास नबनाउ,जे हुन्छ राम्रो को लागि हुन्छ।"
यति पढिसक्दा म मुर्छा परेर रुन पुगेछु,अनि हतार-हतार उसलाई फोन गरे तर मोबाइल off थियो,अनि message गरे,"मैले तिम्लाइ पहिले पनि भनेको थिए र अब पनि भन्छु तिम्रो past जे सुकै होस त्यो मलाई मतलब भएन तर present र future भने तिमी नै हो मेरो,please मेरो message reply गर ल ?" तर न त्यो message को कुनै reply आयो न त कुनै खबर,उसको साथिबाट सुने,उनी कहाँ गइन उसको घरपरिवारलाई पनि थाहा छैन र त्यो दिन देखि सबै सग बेखबर छिन;सायद मैले उसलाई यति धेरै माया नगरेको भए यस्तो हुदैनथ्यो होला ! भन्छन् मान्छेको जिबनमा धेरै विकल्प हुन्छ,तर मेरो जिबनमा केही छैन;म के गरु,यो भिडहरुबाट पनि भागौ कि जस्तो लाग्छ !!!
(मनपरे share गर्नुहोला)
written by:Sagar vlogs
follow my page
click link 👉️sagar m. vlogs all in one