गर्भवतीको बेला कोठामा यी चिज. राख्दा बच्चा गुणवान हुन्छ
१. मयूरको प्वाख कृष्णसँग सम्बन्धीत हुने गर्दछ । त्यसैले यसलाई घरको मन्दिर वा गर्भवती महिलाले कोठामा राख्दा आमा र बच्चाका लागि निकै राम्रो मानिन्छ
२. पहेलो चामल शुभ शंकेत बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चामल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शास्त्रमा उल्लेख छ ।
३. भगवान कृष्ण र देवी यशोदाको तस्वीर गर्भवती महिलाले कोठामा भगवान कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वीर विहान उठ्ने वित्तिकै देखियो भने सकारात्मक उर्जा प्राप्त हुने धार्मीक विश्वास छ ।
४. गुलाबी रंगको तस्वीर गुलाबी रंग खुसी र आनन्दको प्रतिक मानिने गरिन्छ। त्यसैले गर्भवती महिलाले आफ्नो कोठामा यस रंगको ठूलो तस्वीर वा शो पिस राख्नु राम्रो मानिन्छ ।
५. हाँसिरहेको बच्चाको तस्वीर गर्भवती महिलाले कोठामा हाँसिरहेको वा मुस्कुराइ रहेको बच्चाको तस्वीर लगाउनु शुभ मानिन्छ । यसो गर्दा बच्चा शान्त र हंसमुख स्वभावको हुने धार्मीक विश्वास छ।