कुन बार जन्मेको के फल प्राप्त हुन्छ
→ आइतबार जन्म लिने व्यक्ति - तेजस्वी, शूरो, उत्साही, दानदाता, यश, कीर्ति, सम्मान, उच्च पद प्राप्त गर्ने, चरित्रवान, थोरै कपाल र पित्त प्रकृति भएको हुन्छ ।
> सोमबार जन्म लिने व्यक्ति - विद्वान्, पण्डित, प्रिय वक्ता, चतुर, कामुक, गोरो वर्ण र छोटो कद भएको, समभाव राख्ने, भ्रमणशील र सुखी हुन्छ ।
> मंगलबार जन्म लिने व्यक्ति - साहसी, सत्त्वगुणी, तीक्ष्णस्वभाव, कर्मठ, लगनशील, युद्धप्रिय, रुखोबोल्ने, शत्रु पराजित गर्नेवाला र सच्चरित्रवाला हुन्छ ।
> बुधबार जन्म लिने व्यक्ति - चञ्चल, मीठो बोल्ने, कौशल, गुणी, विद्वान्, पण्डित, धनवान्, कामुक, साहित्यप्रेमी, प्रभावशाली र विपरितलिंगीमा प्रभाव राख्ने हुन्छ ।
> बिहिबार जन्म लिने व्यक्ति : सुन्दर, सर्वगुण सम्पन्न, धनी, गोरो चलाख, वा गहुँगोरो वर्ण भएको, गुरुसेवक, अति कामुक, प्रियपात्र, भ्रमण गर्न रुचाउने, विश्वास र धैर्य भएको हुन्छ ।
शुक्रबार जन्म लिने व्यक्ति - कालो र घुम्रिएको कपाल भएको, प्रशन्नचित्तवाला, अतिबुद्धिमान्, सत्मार्गी, कलाप्रेमी, श्वेतवस्त्र मन पराउने, सामाजिक यश र मानसम्मान प्राप्त गर्ने खालको हुन्छ ।
> शनिबार जन्म लिने व्यक्ति - तेजस्वी, साहसी, सच्चरित्रवान्, उच्च पद प्राप्त गर्ने, क्रोधी र तामसी स्वभाव भएको, कामकलामा शिथिलता भएको, न्यायकारी व्यवहार भएको हुन्छ ।