कपाल झर्ने समस्याबाट धेरै मानिस चिन्तित हुने गरेका छन् । व्यक्तिको वास्तविक ‘लुक’ देखाउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । हेयर स्टाइल मात्र बदलियो भने पनि व्यक्तिको सुन्दरतामा निकै अन्तर आउँछ । कपालले अनुहारको वास्तविक ‘सेप’ र सुन्दरता देखाउन मद्दत गर्छ ।
ONLINE EARN MONEY TIPS
CLICK HERE👉️ Mr.Sagar
NEW OLD HINDI ENGLISH MOVIE
CLICK HERE 👉️ VISIT HERE
कपाल झरेर तालु खुइलिनु कुनै जटिल रोग होइन । तर, पनि कपाल मानिसको सौन्दर्यसँग जोडिने भएकाले तालु खुइलिएकाहरू पुनः कपाल प्राप्तिका लागि विभिन्न उपाय गरिरहेका हुन्छन् । कपाल विभिन्न कारणले झर्छ । वंशानुगत कारणका साथै थाइराइड, क्यान्सर, डाइटिङ, तनाव आदिका कारण पनि कपाल झर्छ ।
यी हुन् त्यसमध्येका प्रमुख कारणहरुः
हेयर स्टाइल टूल
आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता लिने गर्छन् । यो कपाल सुकाउन र हेयरस्टाइल बनाउनको लागि त तरिका हुन सक्छ । तर, कपालको स्वास्थ्यको लागि पनि त्यत्तिकै हानीकारक । अनुसन्धानले नै भनेको छ की कपाल बनाउनका लागि हरेक दिन यस्ता सामाग्रीको प्रयोग गर्दा कपाल विग्रीदै जान्छ । लगातार आफ्नो कपाललाई सिधा या घुम्रो बनाउने उपचार नै कपाल झर्नेको प्रमुख कारण बन्न सक्छ ।
निद्रामा समस्या
पुरा निद्रा नसुतेको असर आँखामा त देखा पर्छ नै । यसको साथमा टाउकोमा पनि देखिने गर्छ । इन्सोमिया, नार्कोलेप्सी र अन्य निद्रासम्बन्धि समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर पुर्याउने गर्छ
जंक फुड
बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरिमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल लट्टा पर्ने प्रमुख मध्येको एउटा कारण हो । त्यस्तै, खानपानमा र शरिरको पोषणको वारेमा राम्रोसँग ख्याल नपुर्याउँदा बढी मात्रामा कपाल झर्ने समस्या हुन्छ ।
हर्मोनको परिवर्तन
महिलामा गर्भावस्था र प्रसवको क्रममा शरिरमा हर्मोनको मात्रामा उटारचटाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।
तनाव
हिजो आजको व्यस्त दैनिकीमा हाम्रो शरिरबाट बढी मात्रामा उर्जा वाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ की बढी तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।
बंशाणुगत कारण
कपाल झर्नुको प्रमुखमध्येको एउटा कारण भनेको बंशाणुगत पनि हो। यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । यत्ति हो उचित आहार र विहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सक्नुहुन्छ । या भनौ कपाल र्झन सहायक भूमिका निर्वाह गर्ने कुराबाट भने आफै जोगिनुपर्छ ।
रसायनिक उत्पादन
अहिलेको दुनियामा श्याम्पू, कन्डीश्नरदेखि कपालमा लगाउने तेलसमेत रसायनयुक्त आउन थालेको छ । यस्ता प्रडक्टले कपालाई कैयौँ क्षति पुर्याउने गर्छ । आजभोलीका अधिकांश कस्मेटिक उत्पादनमा हानिकारक रसयानको मिश्रण गरिएका हुन्छन् । जुन कपाललाई कमजोर बनाउनुका साथै कपालसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने गर्छ ।
औषधी
आधुनिकतासँगै जीवनशैलीमा तिब्रगतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानशिक कष्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधी उपचारमा लाग्ने गर्छौँ । र, यसरी प्रयोग गरिने औषधी कपालको स्वास्थ्यको खराव असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सिधा सम्बन्ध पनि कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।
मौसम
घर वा अफिसमा लगाउने कन्डीस्नरले तपाईलाई त पक्कै पनि आराम दिने गर्छ । तर, तपाईको कपालमा लागि भने यसको जरुरी हुँदैन । यस्तो वातावरणीय प्रभावले कपाललाई निकै कमजोर बनाउने काम गर्छ । किनकी वातावरण परिवर्तनको सबैभन्दा बढी असर कपालमा पर्ने गर्छ ।
कपाल झर्नबाट रोक्ने उपाय :
अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ । तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन । कपाल झर्नबाट रोक्न निम्न उपाय अपनाउन सकिन्छ ।
मेथी र दही
कपाल झर्ने समस्याबाट छुटाकार पाउन मेथी गुणकारी हुन्छ । मेथीलाई एकरातभरि पानीमा भिजाउने । त्यसपछि दहीमा मिलाएर पेष्ट तयार पार्ने अनि मेथी र दहीको पेष्ट कलापको जरासम्म लगाउने । यसलाई एक घन्टासम्म रहन दिने । यस्तो गर्नाले कलापको जरामा फाइदा पुग्ने र त्यसले कपालमा हुने चायालाई हटाउने गर्दछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ । जसले कपालको जरासम्म पोषण पुगाइ कपाल उर्मान मद्दत गर्छ ।
उर्द (कालो) दालको पेष्ट
कलो दाल अर्थात उर्दको दालको बाहिरी बोक्रालाई उमालेर पिस्ने र त्यसबाट बनेको लेपलाई कलापमा राति सुत्नुभन्दा अगाडि कपालको जरासम्म पुग्ने गरी लगाउने । लेप लगाइ सकेपछि सुत्ने बेला कपडा फोहोर नहोस् भनेर तौलियाले बाँधेर सुत्नुहोस् । यो प्रक्रिया तपाईले लगातार केही दिनसम्म गर्नुपछ । त्यसपछि कलाल आफै उमर्न थाल्छ ।
हरियो धनियाको पेस्ट
हरियो धनियाको पेस्ट बनाएर टाउकोमा लगाउँदा कपाल झर्ने समस्या हट्न सक्छ । हरियो धनियाको पेष्ट कपाल झरेको स्थानहरूमा लगाउनु पर्छ । यो कार्य एक महिनासम्म गर्नुपर्छ । त्यसपछि यसले आफ्नो काम गर्न सुरू गर्छ ।
केरा र कागती
एक कोशा केरामा कागतीको रस मिसाएर पेष्ट बनाउने । त्यसलाई कपालमा लगाउने । यसले पनि कलाप उमार्न मद्दत गर्छ । यसले कलाप झर्ने समस्यालाई पनि कम गराउँछ ।
प्याज
ठूलो प्याजलाई बीचबाट काटेर कपाल झरेको स्थानमा राखेर हल्कासँग चलाउने । यो कार्य प्रत्येक दिन छ मिनट गर्नुपर्छ । यसले कलाप झर्ने समस्या अन्त हुनुका साथै नयाँ कपाल उमर्न थाल्छ ।

