कसैले भनेका थिए, जिन्दगी के हो जिएर हेर, आँशु के हो पिएर हेर ।
न जिइ न पिइ वास्तव मै थाहा हुँदैन, वास्तविकता के हो भनेर । तर म भन्छु दृष्टिकोण बदले बदलिन्छ जीवन । पानीमा पौडिरहेको माछालाई पानीको अस्तित्व थाहा नभए जस्तै मान्छेलाई पनि जीवनको अस्तित्व थाहा छैन । कहाँ छु र के गर्दैछु भन्ने थाहा छैन, ता पनि ऊ अन्धकारमा दौडिरहेको छ । आशा जस्तो अन्धकार केही छैन । यसले जिन्दगीमा डढेलो लगाइदिन्छ । लक्ष्य विनाको आशा व्यर्थ छ । अनि मान्छे भौतारी रहन्छ । भेट्नेलाई सोध्छ कि जीवन के हो ? कुनै एकै शब्दको परिभाषामा जीवनलाई बुझ्नु गलत हुन्छ । जुन अस्तित्वले गर्दा मान्छेको जीवन रहेकोछ, त्यहीं हो जीवन । अर्को शब्दमा भन्नुपर्दा एक महान अवशर हो– जिन्दगी । ठूलाठूला वैज्ञानिक बन्ने अवशर, दर्शन विज्ञान अनि गणितको खोजी गर्ने अवशर, ठूलाठूला डाक्टर, इन्जिनियर, व्यापारी, पत्रकार, कलाकार बन्ने अवशरको एक बाटो हो– जिन्दगी । त्यसको अर्को पाटोलाई हेर्ने हो भने ठूलाठूला आतंकवादी बन्ने, चोरफटाहा बन्ने, एचआईभीबाट ग्रस्त हुने बाटो पनि छन् । यी सबै अवशर हुन मात्र रोजाइ तपाईंको ।
ONLINE EARN MONEY TIPS
CLICK HERE👉️ Mr.Sagar
NEW OLD HINDI ENGLISH MOVIE
CLICK HERE 👉️ VISIT HERE
मान्छेलाई बाँचेर मात्र पुग्दैन । आफूलाई पूर्णत बदल्नुपर्छ । बदल्नुको मतलव यो हो कि हिजो जुन निकृष्ट जिन्दगी बाँचेको थियो, त्यसबाट एक स्तर माथि उठ्नु, अनि जीवन उपयोगी गुणहरुको विकास गर्दै जानु । आफ्नो मनको सुक्ष्म शक्तिलाई आत्मा सुझाव दिंदै जानु भनेको बदलिनु हो । विकासको अर्को नाम नै बदलिनु हो । किताव मात्र पढेर कोही पनि बदलिन सक्दैन, जवसम्म दैनिक अभ्यास गरिंदैन । किताव पढ्नु भनेको चेतनास्तर बढाउनु मात्र हो । बदलिनका लागि बल चाहिन्छ । त्यो हो मनको बल र आत्मसुझाव । आफ्नो मनले मनलाई भन्दै जानुपर्छ । आत्म सुझाव दिंदै जानुपर्छ कि म जे पनि गर्न सक्छु । अनि आफूलाई राम्रो चिजसँग तुलना गर्नु । उच्चस्तरको मान्छेहरुसँग संगत गर्नु भनेको आफूलाई बदल्ने पहिलो बाटो हो । बदलिनु भनेको आज बाँचिरहेको संसारलाई त्याग्नु हो । हिजो म जुन मान्छे थिएँ, म आज भिन्नै मान्छे हो भनेर आत्मैदेखि महशुस गरेर प्रगतिको बाटोमा अघि बढ्नु नै वास्तविक परिवर्तन हो ।यो संसारमा प्रकृतिको आफ्नै नियम छ । विहान घाम उदाउँछ, फेरी राती अस्ताउँछ । असारमा पानी पर्छ, पूर्णिमाको रातमा चन्द्रमा उदाउँछ । त्यसरी नै मान्छेको जीवनमा पनि परिवर्तन भइरहन्छ तर हामी देख्दैनौ । हामी चिन्दैनौ । आफैले आफैलाई नचिन्नु नै जिन्दगीमा ठूलो दुर्घटना निम्त्याउनु हो । हामी त भागिरहेछौं, हार खाएर तड्पीरहेछौं । अस्ताउँदै र बिलाउँदै अनन्त गतिमा आफैले आफैलाई पुरिरहेछौं । कति अन्धकार बनाएका छौं हामीले आफ्नै जिन्दगी । जुन कुरा पाईदैन भन्ने थाहा हुँदा पनि त्यसको पछि लागिरहेका छौं । अनि हामी बर्बाद नभए को हुने ?
प्रकृतिले पालुवा फेरे जस्तै हाम्रो जीवनले पनि रङ फेर्दछ । म हिजो जुन मान्छे थिएँ, आज त्यो मान्छे होइन । ता पनि हामी त्यहीं हिजोकै पुरानो मान्छे ठानेर दुःखी हुन्छौं । आफूलाई नचिन्दा हामी यति सस्तो भयौं कि गल्ली गल्लीमा चुरोटको धुँवा उडाउँदैमा ब्यस्त छौं । यसको मतलव यो हो कि हाम्रो जीवन चुरोटको धुँवाभन्दा पनि सस्तो छ । यति सुन्दर जीवन उडिरहेछ, धुँवा बनेर हावामा । त्यसैले विगतमा बाँच्नु भनेको आफूलाई अन्धकारमा धकेल्नु हो । काँडाघारीमा आफूलाई फ्याक्नु हो । विगतमा बाँच्ने होईन । किनकी विगतमा फर्किन मिल्दैन । न त विगतलाई परिवर्तन नै गर्न मिल्छ । विगतमा बाँच्नु भनेको दुःखी हुनु हो । यति जान्दा जान्दै पनि हामी यी कुरा बुझ्दैनौ । कुनै कुरा थाहा भएर पनि नबुझ्नु भनेको चेतनास्तरको विकास नहुनु हो । चेतनाको विकास नहुनु भनेको अन्धकारमा हिंड्नु हो । आशा जस्तो अन्धकार संसारमा अरु केहि छैन । आजको आशाले नै भोलिको यथार्थलाई लुकाइदिन्छ । अनि मान्छे भ्रममा बाँच्न बाध्य हुन्छ ।
सुखी हुनु अनि खुशी हुनका लागि एउटा मात्र शत्रु छ, त्यो हो विगतमा नबाँच्नु । विगतमा बाँच्नेहरु एकदिन बर्बाद हुन्छन् । हामी यति अज्ञानतामा बाँचिरहेका छौं कि हाम्रो जीवनमा कुनै भिजन नै छैन । न त लक्ष्य छ । न त कुनै उद्देश्य नै छ । न त आफू राम्रो छ, न त अरुलाई राम्रो देख्न सक्छ । बाटाहरु अन्त्यहिन छन् । यदि जीवनमा कुनै भिजन भइदिएको भए गन्तव्य अवश्य भेटिने थियो । भिजन नहुनेहरुले गन्तब्य कहिले भेट्दैनन् । अनि हामी दुखित हुन्छौं । संसार दुःखको सागर हो भन्दै आत्महत्या गर्न पछि पर्दैनन् । यसरी नै संसारबाट लोप हुन्छन, कायरहरु । आत्महत्या गर्नु भनेको जीवनप्रति कुनै पनि दायित्व बहन गर्न नसक्नु हो । अनि आफूले आफैलाई हराउनु हो । कायरहरुको प्रिय साथी नै आत्महत्या हो । एउटा सुन्दर गुलाबको फूल दियो भने पनि उनीहरु फूलको सुगन्ध लिनुको साटो काँडा कता छ भनेर खोज्न थाल्छन् । अनि काँडाले घोच्छ भन्दै फूलको पनि केहि अर्थ नभएको कुरा गर्छन् । अनि गल्लीमा फ्याक्छन् । त्यहीं फूलको अर्को नाम हो– जिन्दगी । यसरी नै आज हजारौंले आफ्नो जिन्दगी गल्ली–गल्लीमा कौडीको दाममा फ्याकी रहेका छन् । निरस अनि निरास मान्छेहरु सुन्दरतालाई पनि कुरुप देख्छन् । लक्ष्य भए नै जिन्दगीको कक्षमा पुग्न सकिन्छ । मनमा आशा जगाइराख्नु पर्दछ, लक्ष्य नजिकिदै छ भनेर । यसैलाई जीवन कला भनिन्छ ।”
संसार विकासको चरम गतिमा हिडिरहेको छ । मान्छेहरु निकै शिक्षित भइरहेका छन् तर साना तिना कुराहरु भुल्दै गइरहेका छन् । जीवनका शुत्रहरु नबुझ्दा दुःख पाइरहेका छन् । आफू परिवर्तन हुनुभन्दा पनि अरुको आलोचना गरेर र अरुलाई परिवर्तन गर्न अग्रसर छन् । जति विकास भइरहेको छ, त्यति नै विकृति बढिरहेको छ । मान्छे जति शिक्षित हुँदैछ, त्यति नै कमनसेन्स हराउँदै गएको छ । अचेल मान्छेहरु राम्रो कुरा सुन्ने, बुझ्ने भन्दा पनि झुठा सपना बाँड्नेहरुका पछि लागिरहेका छन् ।
जसको छाती विशाल छ उसले छातीभित्र संसार आटाउन सक्छ । जसको मन आकाश जस्तो फराकिलो छ उसले नै सबैलाई प्रेरणा दिनसक्छ । यो संसार भनेको मनको बिस्तार हो । अर्को शब्दमा भन्ने हो भने संसार मनको खेल हो । नवुझ्नेहरुको लागि जेल हो । मान्छेले संसारमा जे खोज्यो त्यहीं पाउने हो । जिन्दगीमा निरास हुनु पर्ने, चिन्ता गर्नुपर्ने कारण केहि छैन । जिन्दगी बुझ्नसके सोंचे भन्दा पनि सुन्दर छ । त्यसैले सोचाइ बदले अवश्य बदलिन्छ जीवन ।

