एउटा भिखारी धेरैदिन सम्म बादशाह साथमा
रहयो बादशालाई भिखारी सित प्रेम
बसिसकेको थियो । प्रेम पनि यस्तो कि
बादशाहले रातमा पनि भिखारीलाई आफ्नै
कोठामा सुताउने गर्थ्यो । कुनैपनि काम
हुन्थ्यो भने दुवैजनाले साथसाथै गर्थ्यो ।
एकदिन दुबैजना सिकार खेल्नको लागि गए र
बाटोमा अलपत्र पर्यो । भोकै प्यासै एउटा
रुखको तल पुग्यो । रुखमा एउटा मात्र फल
लागेको थियो । बादशाले घोडामाथी चढेर
आफ्नो हातले त्यो फल टिप्यो । बादशाहले
त्यो फललाई ६ टुक्रा पार्यो र आफ्नो बानी
अनुसार पहिला त्यो भिखारीलाई दियो ।
भिखारीले फलको टुक्रा खायो र भन्यो ` धेरै
स्वादिलो छ यस्तो फल कहिल्यै खाएको
थिइन ´ , एक टुक्रा अरु पनि दिनुस , दोस्रो
टुक्रा पनि भिखारीलाई मिल्यो ।
भिखारीले फेरि एक टुक्रा बादशाहसँग माग्यो
र यसरी पाँच टुक्रा उनले मागी मागी खाइदिए
। जब भिखारीले अन्तिम टुक्रा पनि माग्यो
तब बादशाहले बोल्यो ` यो सिमा भन्दा
बाहिर छ , आखिर म पनि त भोकै छु , मलाइ
तिमिमाथी प्रेम छ के तिमिलाई छैन ´ र
सम्राटले फलको टुक्रा मुखमा हाल्यो , मुखमा
राख्ने बित्तिक्कै उनले थुकिदियो किनकी
त्यो धेरै तितो थियो । राजाले बोल्यो `
तिमी पागल त होइनौ ? यस्तो तितो फल
कसरी खायौ ?
👇️
त्यो भिखारीको उत्तर थियो ` जुन हातबाट
मीठो फल खानको लागि मिल्छ , एउटा
तितो फलको गुनासो कसरी गरु ? सबै टुक्रा
यसकारण खादै गए कि तपाइलाई थाहा नहोस
फल तितो थियो ´ !!!
यस्ता मार्मिक कुरा पढ्न आजै लाईक
गर्नुहोला !!!!