----एक मार्मिक प्रेम कथा----
"o hlo,के गर्दै छौ???"
messanger को रातो बत्ती बलेको ठाउमा click गरे...उसकै message रहेछ...
"तिमी कुन बेला online आउछौ भनेर wait गर्दै थिए,अनि तिमी नि???"message reply गरे..
"हैन यो कति facebook चलाउदो रैछ,यस्तालाइ बुहारी कस्ति आउने हो,पाएट लगाउने लेराइस् भने त घर बाटै निकालिदिन्छु..."
मम्मीले रिसाउदै भन्नूभयो...अनि मैले "हि बुढीमाउ..." भनेर टारिदिए...
यसो mobile मा हेरेको,उसको message आइसकेको रहेछ,उसको message को वास्त नै नगरी मैले topic change गरे,"मेरो मम्मीलाई त पाएट लगाउने बुहारी चाहिदैन रे..."
केहिबेर पछि उसले एउटा कट्टु लगाएको photo send गरि अनि message पनि गरि,"यो मेरो photo मम्मीलाइ देखाएर,बुहारीले कट्टु लगाउछ रे भन्देउ न!!!"अनि म मन्द मुस्कान दिदै,"hahaha...." लेखेर reply गरिदिए...
"ल!यो बौलायो कि क्या हो,मोबाइलमा हेरेर एक्लै हास्छ त..."
उताबाट फेरि मम्मिले कराउनु भयो...
अनि मैले भने,"पिर नगर्नु न ममो,तपाइको छोराले तपाइको लागि पाएट नलगाउने बुहारी खोजेको छ के..." अनि मम्मी खुसी हुँदै नजिकै आएर भन्नूभयो,"ए,खै photo देखा न त बुहारिको..."
अनि मैले उसले send गरेको photo देखाउदै भने,"यही हो तपाइको हुनेवाला बुहारी..." अनि मम्मिले खाउला जसरी हेर्नूभयो,र भन्नुभयो,"यो केटीलाई लेराइस् भने त,जगल्टाएर निकालिदिन्छु..."
अनि मैले भने,"पाएट लगाको छैन क्या,कट्टु हो..." अनि यसो mobile मा हेरेको,उसको ५-७ वटा message आइसकेको रहेछ...अनि मनमनै "लौ मार्ने भै" भन्दै reply गरे,"म toilet गाको थे क्या...sorry ल???
उनी:-के था त मलाइ,toilet गाको थियौ कि,कुन चै नकचरी सग chat मा bg थियौ...
म:-त्यस्तो होइन क्या,please sorry न...
उनी:-जिन्दगी भरको लागि तिम्रै हुनेछु भनेर promise गर अनि मात्र...
म:-खै स्थित,परिस्थिति र condition ले के गर्छ...यदि यी तिनै कुराले साथ दियो भने अबस्य तिमिलाइ नै आफ्नो बनाउने छु...
उनी:-यो स्थिति,परिस्थिति र condition को meaning एउटै होइन...कहि नभाको jocker...
अनि मैले हत्तपत्त तासमा हुने jocker छानेर,त्यसको photo खिचेर उसलाइ send गरे...
उनी:-hahaha...तिमी कहिले नसुध्र्ने भयौ है...
म:-खै हेरौ,पछि समय आएपछि सुध्रिउला नि... समय बिस्तारै चल्दै थियो...
एकदिन उनिले रुदै फोन गरेर भेट्न बोलाइ,अनि म उनिलाइ भेट्न गए...म त्याहा पुग्दा उनी रोहिर्हेकी थिइ...मैले के भयो भनेर धेरै पटक सोधे तर उ रोहिर्ही,अनि 10-15 मिनेट पछि आफुलाइ सम्हालिएर भनी,"मेरो बिहे हुँदै छ,dad ले मेरो बिहे अन्तै गरिदिने fixed गर्नुभएछ..."
अनि मैले भने,"ल,यति सानो कुरामा तिमी किन चिन्ता गर्छौ???तिमी ready हौ,म तिमिलाइ जसरी भए पनि भोलि नै भगाउछु..."
अनि उसले भनी,"म मेरो dad-mom को इज्जतमा खोट पनि पुर्याउन सक्दिन,अनि तिमी बिना बाच्न पनि...म के गरु भनन...तिमिले नै भनेको थियौ होइन;स्थित,परिस्थिति र condition ले साथ दिए सम्म आफ्नै बनाउछु भनेर???
हो,हामिलाइ यी तिनै कुराले साथ दिएन...अब तिमी jocker जस्तो हुन छाड,तिम्रो यहि समय हो सुध्रने..."
अनि म त्यही बसेर रुन थाले...
"किन रोको,नरोउ न plz..." भन्दै उनी पनि रुन थाली...म झन सम्हालिनै सकिन...अनि हामी दुबै मिलेर उसको dad सग कुरा गर्ने निधो गर्यौ तर उसको dad सग हामिले हाम्रो मायाको कुरा गर्दा निकै नै ढिलो भैसकेको थियो...
अनि म घर फर्के;आखामा आँसु टिलपिल नै थियो...त्यतिबेला उसले फोन गरि अनि भनी,"तिमि जसरी पनि मेरो बिवाहामा आउनै पर्छ नत्र म मेरो बिवाहाको भोलिपल्टकै दिन आत्महत्या गर्ने छु..."म केही बोल्न सकिन,झन् भक्कानिएर रुन पुगेछु...
जब उसको बिबहाको दिन आयो,म जे-जस्तो भए पनि उसले गरेको promise लाई पूरा गर्न उसको बिवाहामा गए;जसोतसो आफ्नो आखाको आँसुलाई control गरे,उसको साथिहरुको आँखा दुलाहाको मा भन्दा बढी म तिर थियो...
सायद उनिहरुलाइ पनि थाहा थियो हाम्रो सम्बन्ध...उसलाई सिंदुर हाल्दा सम्म त आफुलाइ सम्हाल्दै थिए;जब पन्चे-बाजा सगै उ बसेको पझेरो केही अगाडी बढ्यो,मेरो मन कताकता चसक्क भयो...
आँखाबाट आँसु झर्न थाले...सम्हालिनै सकिन...हेरिरहे उनी चाडेको पझेरो टाढा पुग्दा सम्म...के गर्नु,त्यही हेरेर आँसु बगाउनु बाहेक अरु कुनै बिकल्प पनि त थिएन...
कथा राम्रो लागे शेयर/कमेन्ट गर्नुहोला ।।
sagar vlogs मा आउनु भएकोमा धन्यवाद 🙏