उनले बचपना स्वरमा मलाई सोधी -" मेरो प्यारो बुढा ! अब हाम्रो हुने सन्तानको नाम के राखिदिने ? तपाईलाई मनपर्ने नाम भन्नु न ?" उनको यो प्रश्नले मलाई हाँसो लाग्यो र हाँस्दै भने -" लाटी , पहिले बिहे त गरौं अनि सोचौंला नि । "
उनले जिद्दी गर्दै बचपना स्वरले भनी -" Please , भन्नु न " मैले उनको त्यो बचपनालाई हार्न नसकेर भने - " छोरा भए सानिध्य र छोरी भए सन्ध्या । " यो कुरा सुनेर उनी यति खुसी भइन् कि उनी खुसीले फुरुक्क भइन् अनि मलाई चुम्बन गरेर भनिन् -" love you मेरो प्यारो बुढा ।" उनको त्यो बचपना र खुसी देखेर म आफैभित्र हर्षित भइरहें ।
त्यसपछिका दिनहरूमा भेट हुँदा " सानिध्यको बाबा " भनेर बोलाउने गर्थी । समय यसरी नै बित्दै जानेक्रममा केही महिनापछि उनलाई घरबाट बिहेको दबाब आउँन थाल्यो । उनले मलाई बारम्बार भेटेर भन्ने गर्थी -" सानिध्यको बाबा , please हामी भागेर बिहे गरौं न । मलाई चाँडै आफ्नो बनाउँनुस् ।" तर मेरो आफ्नै समस्याहरू थिए । उनलाई ल्याएर उनलाई दिने भौतिक खुसीहरू थिएन त्यसैले केही समयको लागि बिहे गर्ने सोच नै बनाएको थिइन । अन्तत: परिवारको दबाबमा उनले बिहे गरेर गइन् ।
समयले फड्को मार्दै जानेक्रममा ५ औं बसन्त बितिसकेछ । एकदिन उनसंग अचानक बाटोमा भेट भयो । सानो छोरा पनि साथमा थियो उनको । उनले बनावटी हाँसो हाँस्दै " अबुई , तपाई पो ! म त झन्डै चिन्न नसकेकी , दाह्री पनि कति लामो पाल्नुभएछ ।" उनको यो सोधाईले म भित्र भित्रै धेरै दुखें । मनलाई सम्हाल्दै - " हो र ! अनि कहिले आयौ तिमी ? अनि कस्तो छ " एकै सासमा भनें । " अस्ति न आएकी , आज तीन दिन भयो भोलि जान लागेकी " - उनले भनिन् । " यो मेरो छोरा , ४ सालको भयो - सानो बाबुलाई देखाउँदै उनले भनिन् । उनले नभनेपनि मैले उनको छोरा हो भन्ने बुझिसकेको थिएं पहिल्यै ।
सानो फुच्चेको गालामा सुम्सुम्याउँदै न्यास्रो स्वरमा सोधें -" छोराको नाम चाहिँ के हो ? "
उनले अकमकीदै भनिन् -" सबिन हो । हतार छ जान्छौं ल ?" मैले पनि " हुन्छ " भनेर दुई पाइला अगाडि के बढाएको मात्र थिएं पछाडि त्यो सानो बालकको केही आवाज सुनेर मेरो गोडा टक्क अडियो । बालकले आमासँग भन्दै थियो -" तपाईले किन झुट बोल्नुभएको ? मेरो नाम सबिन होइन " सानिध्य " हो ।" यो सुनेर मेरा आँखा यसरी रसाइदियो कि , यो मेरो जीवनको पहिलो सुस्त - सुस्त रुवाइ थियो ।।।
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो कहानी पढएर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one