यो कथा मेरो साथी को हो जो अस्ती भर्खर
१० तारिख मा मृत्यु भयो उस्ले मलाई मेल गरेको
थियो जुन कथा मसङ्ग नि समबन्धित छ र
उस्को कहाँनी पनि छ जुन आज मैले प्रस्तुत गर्दैछु
। एउटा कुरा परिवर्तन गरेको छु उस्ले roman
बाट लेखेको थियो अङ्रेजिमा भने मैले नेपाली
युनिकोड बाट लेखेको छु सबै कहाँनी ।
उन्लाई मैले देखेको पनि धेरै भएको छैन भर्खर २-३
महिना जती भयो होला । मलाई थाहा छ
उस्को प्रेमी छ तर पनि घरी घरी उसङ्ग नाता
जोद्न मन लागि रहन्छ । यो कुरा हो यही
बर्ष २०६८ को BBS फर्स्ट Year को Admission
को बेला हो । म आफ्नो पढाई निरन्तर गर्न
चाहन्थे तर आफ्नो जिन्दगी ले साथ नदिने कुरा
त Sure थियो तर पनि जती दिन सम्म निरन्तर
गर्न सक्छु गरी रहनेछु भन्ने लागेको थियो त्यसैले
मैले पब्लिक युथ मा पढ्ने निर्णय गरे तर एक दिन
मेरो फेसबुकको साथी लाई सोधे कता पढ्ने भनेर
उस्को रोजाइ थियो पिपुल्स क्यम्पस । मैले तेतै
जाने निर्णय गरे । मैले उस्लाई फेस्बूक बात
चिनेको थिए उस्को फोतो थियो तर मैले
राखेको थिइन । त्यसैले मैले उस्लाई चिन्थे तर
उस्ले मलाई चिन्दैन थियो । तर म गए
Admission नै नगरिकन पढ्नलाई । साहेद मैले पूर्व
जन्म मा केहि पुन्य गरेको थिए कि जो मैले
संसार मा सबै भन्दा राम्रो साथी लाई
चिनेको रहेछु । मैले उस्लाई फेसबूकमा देखेको
भन्दा धेरै राम्रो थियो । मैले उस्लाई साथी
बनाएर धेरै राम्रो गरे जस्तो लाग्यो । मेरो
पहिलो दिन उस्लाई देखेको थिए
बास्तबिकमा तर उस्ले मलाई चिन्दैन थियो
त्यसैले म पनि उसङ्ग गएर बोलिन न त उ नै बोल्न
आए उ आफ्नो प्रेमिका सङ्ग बसी रहेको थियो
। सुरु को दिन त मलाई खासै त्यस्तो लागेन । म
जती दिन कलेज गए त्यती नै मलाई मेरै
साथीको प्रेमिका मन पर्न थाल्यो यो मेरो
पहिलो अनुभब थियो जो आफुलाई थाहा
हुँदा हुँदै पनि प्रेमी छ भन्ने थाहा हुँदा हुँदै मैले
उस्लाई One Sided माया गर्न थालेको पत्तै
भएन । तर एउटा कुरा चाही पक्का थियो मैले
चाहेर त के भगवानले चाहेर पनि उस्लाई आफ्नो
बनाउन सक्दिन भन्ने कुरा किनकी मेरो
जिन्दगी त्यती प्रायप्त थिएन जुन चाही मैले
उनि सङ्ग जिन्दगी बिताउन पुगोस । हरेक
दिन मैले आफ्नो जिन्दगी को दिन गनेर बाची
रहेको थिएँ भने उनि सङ्ग कती दिन जिउ थे
होला । आज पक्षुतो लाग्छ मेरो बितेको
जिन्दगी देखेर यदी मैले आफ्नो जिन्दगी लाई
रक्सी र ड्रग्स को साहारा नदिएको भए आज
यस्तो दिन आउने नै थिएन । मैले नपिउ पनि
कस्को लागी । मलाई कस्ले छेक्ने र न आमा
थियो छेक्न न त Dad नै थियो गाली गर्नलाई
। आमाले सम्झाउथ्यो होला एदी भएको भए र
Dad भएको भए साहेद गाली गर्थ्यो होला ।
मेरो जिन्दगी त काँडा र फुल ले भरिएको रहेछ
भनिन्छ , जिन्दगी सुख र दु:ख मिलन हो मेरो
खुशी भनेको मैले यती मिल्ने साथी पाए मलाई
नदेखी नचिनिकन धेरै सहयोग गरेको छ भने मेरो
दुख को त लेख्न ठाउ नै पुग्दैन कापिका
पानाहरुमा । जती बेलामा खुशी हुनु पर्ने
थियो त्यती बेला शोक मा डुब्नु पर्यो मैले ।
त्यो बेलाको कुरा हो मैले SLC मा फर्स्ट
डिभिजनमा स्कुलको दोश्रो भए तर त्यो
सुनाउनको लागी मेरो Dad & Mom त भ ग वान
को प्यारो भाई सक्नु भएको थियो । आज
रिजल्ट आउने तर के गर्नु दुइ दिन अगाडी नै
एक्सिडेन्ट मा मलाई छोडेर जानु भयो दुबै
जनाले । सम्पती मात्र छोडेर जानु भयो मलाई
केबल सम्पती । मेरो Mom ra Dad को ठुलो
सपना थियो मैले फर्स्ट डिभिजनमा पास गरे
भने सबै लाई पार्टी दिने तर रिजल्ट आइ सक्दा
म आफै थिए कृयापुत्री को रुपमा । यो चोट त
थियो नै फेरी यो चोट माथी पनि अर्को
चोट आइ पर्यो मेरो जिवनमा । मैले कृयापुत्री
बाट निस्किएर याहू मा बस्न थाले दिन रात
त्एही बेला भेट भयो मेरो साथी सङ्ग । जो
आज पनि मेरो लागी प्यारो छ । आज उ
नभएको भए साहेद जिउदो हुने पनि थिन होला
। जब जब मलाई मेरो परिवारको याद आउथ्यो
तब तब मैले रक्सी को साहरा लिन थाले । पैसा
को कमी थिएन मलाई साथी हरु सबै त्यस्तै
ड्रगस युज गर्ने गर्थ्यो । पछी मलाई पनि गर्न
आग्रहा गर्यो पछी मैले पनि गर्न थाले र १ बर्ष
बिती सकेको थियो न म अरु सङ बोल्थे न त
कलेज नै जान्थे कलेज भर्ना त गरे तर पढ्न गैन तर
परिक्षा भनेभने निरन्तर दिइ नै रहे । मेरो नसिब
दरो रहेछ म पास भए तर मैले उस्लाई लगभाग
बिर्सी सकेको थिए रश्मी । उस्ले निरन्तर
मलाई सम्प र्क गर्ने प्रायअस गरिन तर मैले दुखद
घडी को कारण ले उसङ्ग नजिक हुन सकेको
थिइन जब मलाई उस्को याद आयो र भेट्न
खोजे अकस्मात फेरी म बिरामी हुन पुगे र मलाई
मेरो काका काकी ले अस्पताल लिएर जानु
भयो र पछी थाहा भयो मलाई Blood Cancer
भएको रहेछ त्यसैले म उसङ्ग टाढा हुनु पर्ने
अवस्था त थियो नै तर उस्ले नै मलाई लत्याएर
गैन धेरै टाढा म बाट टाढा अब उनि मेरो हुन
सक्दिन थिइन उनि अरु कसै को भैसकेको थियो
। उस्को त्यो बिछोड सहन सकिन र सम्हाल्नै
सकिन र झन ड्रगस र चुरोत अनि रक्सी त
जिन्दगी को अर्को नाम भैसकेको थियो मेरो
जिवनमा त्यसैले झन छितो मर्ने वाला थिए म
मलाई सबै थाहा थियो । यदी उस्ले एक
चोटी मात्र भनेको भए मलाई छोड्न चाहन्छ
भनेर । कसम म उस्लाई राम्रो सङ बिदाइ गर्ने
थिए होला यदी उस्ले एक चोटी मात्र भनेको
भए मलाई छोड्न चाहन्छ भनेर । कसम म उस्लाई
राम्रो सङ बिदाइ गर्ने थिए होला । साहेद
सक्दिन थिए कि होला कि तर जे भए पनि
उनि म बात बिदा लि सकेको थियो । र मेरो
जिन्दगी यसरि परिवर्तन हुन्छ भन्ने सोचेको
थिएन पिपल्स कलेज मा गएर मेरो मन परिवर्तन
हुने थाहा भएको भए साहेद म त्यो कलेज नै जाने
थिइन ।किन कि जिन्दगी छोटो छ तर सपना
मोटो छ अनि कसरी सम्भब छ र त्यसैले गर्दा म
कलेज जान छोडें । म आफु दोशी थिए किनकी
मलाई सब्से प्यारो लाग्ने साथी को
प्रेमिकालाई नै मन पराउनु अपराध त हो नै र
मुर्खता पनि । यस्तो अवस्था आउला सपना
मा समेत सोचेको थिइन मैले । एकातिर साथी
अर्को तिर उस्को प्रेमिका भने अर्को तिर
मेरो छोटो आयु । जसरि दोधार मा त म नै
थिए । के गर्ने कसो गर्ने मलाई के हि थाहा
थिएन । एक दिन जिन्दगी ले यसरि बाटो
परिवर्तन गर्यो कि मेरो साथिले बिहे गर्यो
तर प्रेमिका सङ्ग हैन को हि अरु सङ्ग । उस्को
प्रेमिका समेत मेरो नजिक भाई सकेको थियो
त्यसैले त्यती बेला मैले प्रस्ताब राखे तर उस्ले
सोझै अस्वीकार गरिन । मलाई धेरै खुशी
लाग्यो किन कि मेरो जिन्दगी मा उनि
लेखेकै थिएन । उनि त मेरो साथी लाई नै
चाहन्थिन । उन्को प्रेम देखेर म आफै लाई
नरमाइलो लाग्यो मैले बिचमा किन बाधा
बन्न खोजेको जस्तो लाग्यो । तर जे होस
आफ्नो मन को कुरा त भने नि जस्तो लाग्यो
यदी नभनेको भए साहेद पछुतो हुन्थ्यो कि ।
यसरि दिन हरु बड्दै गए मेरो जिन्दगी घ ट्दै
थियो । जती जती म मृत्यु को मुखमा अघी
बढ्दै थिए त्यती नै उस्को याद आइ रहेको
थियो । त्यसैले मैले मेरो साथिलाई बोलाए
भेट्नलाई यो हामी हरुको पहिलो भेट थियो
। उ मसङ्ग साहेद १ घण्टा जती बसेर कुरा गर्यो
होला तर मलाई मेरो जिन्दगी को आदी समय
बितेको जस्तो आभास हुँदै थियो । जिन्दगी
मा यती खुशी मिल्यो कि सिमाना नै
थिएन । साहेद आफ्नो अन्तिम घडी आइ सकेको
ले गर्दा हो कि छोटो मिलन पनि जिन्दगी
भरिको भयो । यो हाम्रो भेट पहिलो र
अन्तिम थियो यस पछी मैले उस्लाई भेट्न न आउन
आग्रह गरे किन कि उस्लाई देखे पछी मलाई
जिउने इक्षा बढेर आउनेछ तर यो सम्भब हुँदैन र
बिदाइ को समय रोएर बिदा हुनु पनि भएन ।
एक चोटी तपाइ पनि भेट्नुहोस मेरो
साथिलाई अनि मेरो बयान खेर गएको जस्तो
लाग्दैन तपाइ लाई उन्को जिन्दगी पनि दुखले
नभरिएको हैन तर उस्ले आफ्नो जिन्दगी खुशी
साथ बिताइ रहेको छ । हो यही कारण ले
मलाई उस्को फ्यान बनायो । म सङ्ग केवल २ य
तीन दिन बाकी छ जती दिन बाच्ने छु त्यती
दिन खुशी साथ बाच्ने प्र यास गर्ने छु । मेरो
अन्तिम सब्द सबै साथिलाई के भन्न चाहन्छु भने
जस्तो सुकै अवस्था मा आए पनि कुलत मा
नफस्नुस । तपाइ लाई लाग्दो होला अब
जिन्दगी जिएर के गर्नु छ र के मेरो जिन्दगी
जिउन लायक थियो र तै मैले तेही सोचेर कुलत
मा फसे त्यसैले आज जिउने चाहना हुँदा हुँदै पनि
म असम्र्थ छु । तपाइले चुरोट किन्न ५ रुपैया
फाल्नु हुन्छ एदी त्यही पैसा सहयोग गर्नु भयो
भने मर्ने बेला मा सजिलो हुन्छ जस्तो लाग्यो
मैले गरिन त्यसैले यती गाह्रो गरी बाची
रहेको छु । मर्ने बेला मा पुन्यको काम गर्नु रे
त्यसैले मैले सबैलाई यो कुरा बताउन चाहन्छु ।
जती पिडा परे पनि आफ्नो जिन्दगी खेर
नफाल्नुस कतै मेरो जस्तै तपाइ को जिन्दगी
पनि बिग्रन सक्छ कि के भर जिन्दगी को । आज
छ भोली छैन । अन्तिम चोटी मेरो तर्फ बात
सबैलाई नमस्कार र म बाट के हि गल्ती भएको
भए माफी चाहन्छु धन्यबाद /
यो कथा काल्पनिक नभएर सत्य हो यसको
साक्षी म आफै छू . यो मेरो साथी किरण को
सत्यता हो मेरो साथीले मलाई यो कथा
पठाको २ दिन पश्च्यात उसको मृत्यु भयो .
उसको कथाले साहेद तपाई को मन लाइ छोयो
की त्यसैले म पानी आफ्नो तर्फ बाट तपाई
लाइ अहिले नै कुलत त्याग्नु होस भन्ने सल्लाह
दिन्छु र सुभकामना पनी दिन्छु .
फेब्रुअरी - १० , २०७९ Death ऑफ़ किरण
दिबंगत आत्मा ले शान्ति पाओस मेरो साथी
किरण
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढेर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one